एमाले विधान संशोधनार्थ सुझाव र प्रस्तावहरू
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको सबैभन्दा लोकप्रिय राजनैतिक दल हो । यो पार्टीलाई यो स्तरमा उठाउन धेरै अग्रज, सर्वसाधारणले, कार्यकर्ताहरूले रगत-पसिना बगाएका छन् । यति लोकप्रिय पार्टीको यही २०८२ भदौ २०, २१ र २२ गते ललितपुर आयोजना गरिएको दोस्रो विधान महाधिवेशनले विधानमाथि व्यापक बहस गरोस् साथै उत्कृष्ट, व्यवहारिक र चुस्त विधानको रुपमा विकसित होस् ।
एमालेले सारेका हरेक कार्यक्रमलाई अन्य राजनैतिक दलहरूले पनि कसैले हुबहु त कसैले थोरै परिवर्तन गरेर (नक्कल गरेको भन्ने आलोचनाबाट बच्न मात्र) पछ्याइरहेको देखिएकै छ । उदाहरणका लागि एमालेले तीन महिने ‘मिसन ग्रासरूट’ अभियान चलायो भने माओवादी केन्द्रले सोही प्रकारको अभियान वडा तहसम्म पछि पछि लग्यो ।
