भिक्ट्री परेडपछि विश्वका शीर्ष २६ नेतालाई सीको लञ्च

काठमाडौं । चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनफिङले भिक्ट्री परेडमा सहभागी २६ देशका विशिष्ट पाहुनाका लागि दिएको दिवा भोजको मेनु हङकङको सरकारी पत्रिका वेन वेइ पोले सार्वजनिक गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरूलाई विशाल सैन्य परेडपछि सीले दिवाभोज दिएका थिए । दिवाभोजमा परम्परागत चिनियाँ परिकारका साथै अन्तर्राष्ट्रिय शैलीका परिकार समेत समावेश गरिएका छन् ।