नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुदैँ

काठमाडौं, १७ चैत । नेकपा एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

 शनिबार बसेको पार्टीको आकस्मिक स्थायी कमिटी बैठकका निर्णय तथा समसमायिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुनेछ ।