संविधानले नचिन्ने राजतन्त्रको बारेमा बहस गर्न उचित होइन : रघु पन्त
नेकपा एमाले सांसद रघुजी पन्त संविधानले नचिन्ने राजतन्त्रलाई नचिन्ने भएकाले संसद्मा यस विषयमा बहस गर्न उचित नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष बोल्दै सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसद्मा बहस गर्न उचित नभएको बताएका हुन् । विभिन्न इतिहासका घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे ।
