रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ । आज बिहान भएको मतदानको अन्तिम मत परिणाम सार्वजनिक गर्न लागिएको हो ।

रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् ।

बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति  प्रदेश  सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहनेछन् ।