हर्क साम्पाङको टिप्पणी : “सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो”
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा बोल्ने अवसरका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको राजनीतिक संस्कार आन्दोलन र द्वन्द्वबाटै विकसित भएको भन्दै त्यसको प्रभाव अहिले संसद्भित्र पनि देखिएको बताए।
उनले भने, “अब त यो सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। प्रधानमन्त्रीलाई यहाँ उपस्थित गराउन पनि आन्दोलन गर्नुपरेको इतिहास छ। हाम्रो देश आन्दोलन, झैझगडा, आगजनी, कुटपिट र हिंसात्मक घटनाबाट गुज्रिएको हो, त्यसको असर अहिले संसद्भित्र पनि देखिन्छ। हामी त्यही परिवेशबाट हुर्किएका हौँ होला।”
