अतिक्रमित घर टहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु
काठमाडौँ । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु भएको छ ।
डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रमित घरटहरा भत्काएर सडक विस्तारको काम सुरु गरेको हो । त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।
सडक विस्तारका लागि डोजर, जेसीबी र एक्साभेटरसहित उपकरणलगायतको प्रयोग गरेर घर टहरा भत्काउन सुरु गरिएको छ ।
