हामीले बुझाउन नसकेको कुरा मिडियाले बुझाइदिनुस् : प्रधानन्यायाधीश राउत

काठमाडौँ 

पुष २० गते,

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयले नागरिकलाई बुझाउन नसकेकाले मिडियालाई यसमा भूमिका खेल्न आग्रह गरेका छन्।

आइतबार सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रधानन्यायाधीश राउतले न्यायपालिकामा जे पायो त्यस्ता कार्य नहुने भन्दै यसबारे नागरिकलाई बुझाइदिन आग्रह गरेका हुन्।

‘अदालतमा जे पायो त्यो हुँदैन। हामीले धेरै कुरा बुझाउन सकेनौँ होला, त्यसैले यहाँहरूको सदासयता, भूमिका, योगदानको हामीले अपेक्षा गरेका छौँ। हामीले बुझाउन नसकेका कुरा राज्यको चौथो अंगबाट पुर्‍याइदिनुहुन्छ भन्ने लेजिटेमेट एक्सपेक्टेसन (वैध अपेक्षा) छ,’ राउतले भने।