रास्वपा मतपरिणाम : कोशीमा सबैभन्दा बढी मत निशा मेहतालाई
काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरिएको छ । सुरुमा प्रादेशिक तर्फका केन्द्रीय सदस्यहरूको मत सार्वजनिक गरियो । सार्वजनिक परिणाम अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी मत निशा मेहताले ल्याएकी छिन् ।
उनी साविक केन्द्रीय सदस्य र हाल स्वास्थ्यमन्त्री छिन् । उनलाई १८६१ मत आएको छ । दोस्रो सर्वाधिक मत विश्वराज पोखरेलले १४६० मत ल्याएका छन् । यस्तै शोभा कार्कीलाई १२०४ मत प्राप्त भएको छ ।
कोशीबाट प्रादेशिक केन्द्रीय सदस्यमा २० जनाले प्रतिस्पर्धा गरेका थिए ।
