कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग
काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशनमा र मूल्यांकनमा त्रुटि भएको भन्दै सच्याउन विद्यार्थीले माग गरेका छन् ।
काठमाडौँको माइतीघरमा ‘प्ले’ कार्डसहित भेला भएर उनीहरूले नतिजा पुनः मूल्यांकन र पुन:योग गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले यही असार ५ गते कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको थियो ।
यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले परीक्षाफल छिटो प्रकाशन होस् भन्ने चाहे पनि हतारो नगरिएको स्पष्ट पार्दै नतिजाप्रति उठेको आवाजबारे समितिमार्फत सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
