जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट अब यस्ता प्रवृत्ति नदोहोरिने विश्वास व्यक्त गदै यस्तो बताएका हुन् ।
पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानी जस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे।
