एमाले सचिवालय बैठक आज नबस्ने, सोमबारका लागि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक सोमबारको लागि सरेको छ । एमालेले आज सचिवालय बैठक आह्वान गरेको थियो ।

सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।  आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको उनले जानकारी दिए । 

बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ ।