एमाले सचिवालय बैठक आज नबस्ने, सोमबारका लागि सर्यो
काठमाडौँ । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक सोमबारको लागि सरेको छ । एमालेले आज सचिवालय बैठक आह्वान गरेको थियो ।
सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।
बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ ।
