प्रधानमन्त्री कार्की ताप्लेजुङमा, पाथीभरामा पूजाअर्चना

ताप्लेजुङ

फागुन १ गते,

प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी छिन् । आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छिन्।

 पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।’  

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ ।