धादिङमा माटोको ढिस्कोले पुरिएर घाइते दुई जनाको उद्धार

धादिङ

माघ ११ गते, 

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको सकुशल उद्धार गरिएको छ ।

सोमबार बिहान भएको उक्त घटनामा पुरिएका दुवै जनालाई नेपाली सेनाको गजुरीस्थित भैरवदल गणको टोलीले अन्य सुरक्षा निकायहरूसँगको सहकार्यमा उद्धार गरेको हो । उद्धारपछि घाइते दुवै जनालाई थप उपचारका लागि मलेखुस्थित टिचिङ हस्पिटल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।