अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ चलिरहेको ओलीको दाबी 

काठमाडौँ 

माघ १० गते,

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था मुलुकलाई अघि बढाउने प्रयास र अस्थिरता सिर्जना गर्ने प्रवृत्तिबीचको द्वन्द्वका रूपमा देखा परेको टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो दल विकास, स्थायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढिरहेको दाबी गरे। उनका अनुसार एमालेको प्राथमिकता राज्य निर्माण, संस्थागत सुदृढीकरण र समृद्धितर्फ केन्द्रित छ।

कार्यक्रममा बोल्दै उनले पछिल्लो समय उदाएका केही नयाँ राजनीतिक दलहरू स्पष्ट उद्देश्य र दीर्घकालीन दिशाविनै अघि बढिरहेको आरोप लगाए। यस्ता शक्तिहरूले मुलुकलाई स्थायित्व दिन सक्ने स्पष्ट कार्यदिशा प्रस्तुत गर्न नसकेको उनको भनाइ थियो।