धनुषा कमला नगरपालिकामा यादवको पहलमा गरिब असहायलाई बलैन्केट वितरण
जनकपुर
माघ ८ गते,
धनुषा कमला नगरपालिका वडा नं. १ मँगराहास्थित गरिब, असहायलाई ब्लैन्केट वितरण गरिएको छ । स्थानीय समाजसेवी सुरेन्द्र यादवको पहलमा कमला नगरपालिका वडा नम्बर–१, मंगराहा क्षेत्रमा गरिब, असहाय तथा अपाङ्ग व्यक्तिहरूलाई लक्षित गरी ब्ल्याङ्केट वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत समाजसेवी श्री रामदेव साह र हरिचन यादवद्वारा स्थानीय गरिब, अपाङ्ग तथा विपन्न वर्गका व्यक्तिहरूलाई ७० थान ब्ल्याङ्केट वितरण गरिएको हो। जाडो मौसमको समयमा न्यानोको अभावमा कठिनाइ भोगिरहेका नागरिकहरूलाई राहत पुग्ने उद्देश्यले उक्त सहयोग गरिएको बताइएको छ। ब्ल्याङ्केट वितरण कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सामाजिक सेवामा सक्रिय रहँदै आएका समाजसेवीहरूको यस मानवीय पहलको खुलेर प्रशंसा गरेका छन्।
यस अवसरमा आयोजक तथा स्थानीय अगुवाहरूले सहयोग गर्ने समाजसेवी श्री रामदेव साह र हरिचन यादवप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्य निरन्तर हुने विश्वास व्यक्त गरेका छन्।
