कुनै पनि पार्टीमा आबद्ध नहुने मेयर गोपी हमाल प्रष्टीकरण

काठमाडौँ 

माघ ३ गते,

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)ले कुनै पनि पार्टीमा आबद्ध नहुने प्रष्ट पारेका छन्।

स्वतन्त्र उम्मेदवारी दिएर २०७९ को निर्वाचनमा मेयरमा विजयी भएका हमालले जनताको म्यान्डेटअनुसार पाँच वर्ष नगरवासीको सेवा गर्ने बताउँदै कुनै पार्टीमा आबद्ध नहुने दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमा हमाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने प्रचार भएपछि उनले भ्रममा नपर्न समेत अनुरोध गरेका छन् ।