निर्वाचन आयोग पुगे गगन थापासहितका पदाधिकारी

काठमाडौँ 

माघ १ गते,

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अद्यावधिकका लागि आफू निर्वाचन आयोग पुगीसकेको र सभापतिसहित पदाधिकारीहरू पुग्नेक्रममा रहेको जानकारी दिइन् ।

बुधबार नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ । उता शेरबहादुर देउवा नेतृत्वको काँग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ ।

देउवा नेतृत्वको काँग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेका थिए । अहिले काँग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।