मेडिकल काउन्सिलको निर्वाचनमा ११ हजार ९२२ मत खस्यो, गणना सुरु

काठमाडौँ 

पुष १३ गते,

नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना सुरु भएको छ । काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको हलमा मतगणना सुरु भएको हो ।

मतगणनाका लागि दुई दिन समय लाग्ने बताइएको छ । निर्वाचनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९ सय २२ मत खसेको थियो ।  तीमध्ये काठमाडौँ उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको छ ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि  काठमाडौँ बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो ।