रवि र बालेनबिच सहमति नभएसम्म बाहिर निस्कन दिन्नौँ : सुदन गुरुङ
काठमाडौँ
पुष १० गते,
जेन–जी आन्दोलनका अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनबिच सहमति नभएसम्म बाहिर निस्कन नदिने बताएका छन् ।
बिहीबार कुपन्डोलस्थित बालेन समूहका सहयोगी कुमार बेनको घरमा लामिछाने र बालेन वैकल्पिक शक्ति निर्माणको विषयमा छलफलका लागि जुटेका छन् । त्यसमा लामिछाने र बालेन समूह दुवै पक्षका शुभचिन्तकहरूको सहभागिता रहेको छ । दुईजनालाई कोठाभित्र थुनेर उनीहरू बाहिर पहरेदारको रूपमा बसेका छन् ।
त्यतिवेला गुरुङले एउटा भिडियोमा भनेका छन्, ‘उहाँहरू दुईजना नेताहरू (मेयर साप र रवि लामिछाने) भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू मिल्नुहुँदैन तबसम्म निस्किन पाउनुहुन्न । हामीले ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड बसेका छौँ कोठाको चाबी हामीसँग छ ।’
