निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर (प्रेस बिज्ञप्ति)
काठमाडौँ
पुष ६ गते,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलानबिहुल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइन र तत्कालीन अध्यक्ष दयानन्द गोइतसमेत पाँचजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले विशेष अदालत काठमाडौँमा आइतबार मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा लेखापाल कमलेस कुमार साह र तत्कालीन सब–इन्जिनियर सन्तोष कुमार रजक छन् ।
यस्तै, सप्तरीको डाक्नेश्वरी-९ स्थित ओम गणेशाय कन्स्ट्रक्सन प्रा.ली. र उक्त कम्पनीका म्यानेजिङ डाइरेक्टर राजीवकुमार साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।




