निवेदन तथा फारममा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था हटाउने निर्णय
काठमाडौँ
मंसिर २९ गते,
ऐनले नै तोकेको अवस्थामा बाहेक कुनै निवेदन पेश गर्दा तथा फारम भरेर बुझाउँदा हुलाक टिकट टाँस्नुपर्ने नियम सरकारले हटाएको छ। यसले सर्वसाधरणलाई सास्ती भएको भन्दै सरकारले यससम्बन्धि प्रावधान संशोधन गरेको हो । ऐनमै तोकिएको व्यवस्थामा भने हुलाक टिकट टाँस्नुपर्ने हुन्छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो । सो निर्णयबारे सरकारका प्रवक्ता जगदिश खरेलले भने,‘ प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टास्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको छ ।’ हाल सरकारी कार्यालयहरुमा सामान्य निवेदन पेश गर्दा पनि हुलाक टिकट टाँसेर पेश गर्नुपर्ने बाध्यता छ।
