मधेश जेनजीको पहिलो प्राथमिकतामा कमला पूल, सुदन गुरुङ्गले थर्काए ठेकेदार
जनकपुर
मंसिर ५ गते,
जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङ्ग मधेश जेनजीको पहिलो प्राथमिकतामा कमला पुल रहेको बताएका छन् । शुक्रबार सिरहा हुँदै धनुषा र सिरहा जोडने बहुप्रतिक्षित कमला पूल नीरिक्षणको क्रममा गुरुङ्गले जे्नजीको काम कारवाही अन्तर्गत मधेश प्रदेशमा कमला पूल सबभन्दा पहिलो प्राथमिकता रहेको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिँगले कमला पूलको निरिक्षण गर्न शुक्रबार बिहान कमला पुल पुगेका थिए । मन्त्री घिसिँगसँगै खेलकूदमन्त्री बब्लु गुप्ता समेत सहभागी रहेका थिए । उनको गृह जिल्ला सिरहा परेकोले उनी मन्त्री घिसिँगसँगै आएका थिए ।
सोही क्रममा सुदन गुरुँगले कमला पूल निर्माणमा व्यापक लापरवाही भएको भन्दै कमला पूलमै ठेकेदारलाई थर्काएका थिए । उनले १४ बर्षमा समेत कमला पूल निर्माण हुन नसक्नु दुःखद रहेको भन्दै वर्तमान ठेकेदारलाई थर्काएका थिए । उनले ठेकेदारलाई कानुनी कारवाहीको चेतावनी समेत दिएका थिए । उनले कमला पूल निर्माणमा छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने गरी वर्तमान सरकार काम गर्ने बताए ।
