सरकारले दललाई निषेध गरेको भन्दै बानेश्वरमा अखिलको मसाल जुलुस
काठमाडौँ
मंसिर ४ गते,
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ काठमाडौँको वानेश्वरमा मसाल जुलुस निकालेको छ ।
राजनीतिक गतिविधि गर्ने अधिकार खोस्न खोजेको र दलहरूमाथि सरकारले निषेध गर्न खोजेको भन्दै अखिलले मीन भवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो ।
अखिलका अध्यक्ष दीपक धामीले दलहरूलाई निषेध गरेर पूर्व निर्धारित कार्यक्रममाथि नियोजित रूपमा हमला गर्न लगाएको आरोप लगाएका छन् । उनले समाजमा अराजकता मच्चाएर सरकारले चुनावको नाटक मञ्चन गरिरहेको बताए । उनले सुशीला कार्की सरकारविरुद्ध अनेरास्ववियु मसालसहित सडकमा निस्केको बताए ।
