दिल्ली र इस्लामावादपछि ढाकामा पनि बम विस्फोट
काठमाडौँ
कार्तिक २७ गते,
भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा बम विस्फोट भएको छ । मंगलबार राति आठ बजेदेखि नौ बजेबिचमा ढाकाका धनमोन्डी र गुलिस्तान क्षेत्रमा अपरिष्कृत (घरेलु) बम पड्किएको बंगलादेशी अंग्रेजी पत्रिका द डेली स्टारले जनाएको छ ।
दुवै क्षेत्रमा मोटरसाइकलमा सवार व्यक्तिले बम फालेर भागेको प्रहरीलाई जनाएर द डेली स्टारले लेखेको छ । त्यस्तै, मंगलबार नै राति ढाकामा र गाजिपुरमा बसमा आगजनीका घटना पनि घटेका छन् ।
केही भारतीय मिडियाले घटनामा पाकिस्तानी तालिबान समूह लस्कर–ए–तोयबा (एलइटी) संलग्न भएको जनाए पनि त्यसमा कुनै सत्यता नभएको बंगलादेशका विदेशमन्त्री तोविद हुसेनले बताए ।
बंगलादेशमा भएको बम विस्फोट छिमेकी भारत र पाकिस्तानमा भएको विस्फोटपछि भएको हो । यसअघि आइतबार बेलुकी भारतको राजधानी नयाँदिल्लीमा कारमा राखिएको बम विस्फोट हुँदा आठजनाको मृत्यु भएको थियो ।
