आन्दोलनमा लुटिएको तीनवटा हतियारसहित पठाओ चालक पक्राउ
काठमाडौँ
कार्तिक २० गते,
२४ भदौको जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक युवक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टीकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ वटा हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो। उनीसँग एउटा इन्सास राइफल, एउटा सटगन र एउटा पेस्तोल बरामद भएको एसएसपी रमेश बस्नेतले बताए।
पक्राउ परेका धमला पठाओ चालक हुन्। उनले सो हतियार आफूले बाटोमा भेट्टाएको दाबी गरेका छन्। बिक्री गर्न खोज्दा उनी पक्राउ परेका हुन्। सो हतियार महाराजगन्ज वृत्तबाट लुटिएको आकलन गरिएको छ।
