हतियारसहित एक नेपाली भारतमा पक्राउ
इनरुवा
कात्तिक ४ गते,
सुनसरीको देवानगञ्ज गाउँपालिका–७ का एक युवा हतियारसहित भारतमा पक्राउ परेका छन् । देवानगञ्ज ७ राजगञ्ज सिनुवारीका २५ वर्षीय गणेश मेहतालाई नेपाल भारतको फुलकाह बजार सिमा क्षेत्रबाट पेस्तोल र ब्राउन सुगरसहित भारतीय प्रहरी र सिमा सुरक्षा बल एसएसबीले पक्राउ गरेका हुन् ।
मेहताको साथबाट एक थान पेस्तोल र १३.५५ ग्राम ब्राउन सुग फेला परेको जनाएको छ ।
भारतीय एसएसबी कैंपको प्रभारी सहायक सेना नायक राणा कुमारको निर्देशनमा अपर थाना प्रभारी गुलशन कुमारको नेतृत्वमा पक्राउ गरेको थियो ।
पक्राउ परेका मेहताविरूद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको एसएसबी कैंपको सहायक सेना नायक राणा कुमारले जानकारी दिनुभयो ।
