निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक जारी
काठमाडौँ
असोज ३० गते,
निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक जारी छ। कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक केही समय अगाडी सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्।
आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो। संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा सहभागी छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ। आगामी निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ।
निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तर्गत गरिरहेका कामबारे दलहरूलाई जानकारी गराउने र दलहरूको सुझाव लिने उदेश्यले बिहीबारको छलफल आयोजना गरिएको हो।
