मिश्रा र सिन्हाको शपथ रोकिने सम्भावना
मन्त्रीका लागि प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र अतिरिक्त सचिव डा. संगीता मिश्राको शपथ रोकिने सम्भावना बढेको छ ।
प्रधानमन्त्री कार्कीले मिश्रालाई स्वास्थ्य तथा जनसंख्या र सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने गरी हिजो नाम सिफारिस गरेकी थिइन् । तर, दुवैको नाममा प्रश्न उठेपछि उनीहरूको शपथ रोकिने सम्भावना बढेको हो ।
मिश्राले सचिव बढुवामा आफूलाई सरकारले हेपेको भन्दै मिश्राले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सरकारविरुद्ध सार्वजनिक टिप्पणी गरेकी थिइन् । उक्त टिप्पणीसँगै उनी लामो समयदेखि बिदामा बसेकी थिइन् । सचिवका लागि विकास देवकोटाभन्दा आफू वरिष्ठ रहेको दाबी गर्दै आएकी थिइन् । त्यस्तै, उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार आरोपसहित उजुरी परेको पनि खुलेको छ ।
