घटस्थापनासँगै काठमाडौं छाड्नेको लर्को, एकैदिन ४३ हजार बाहिरिए
काठमाडौं : बडादशैंको पहिलो दिन घटस्थापनासँगै काठमाडौं उपत्यकाबाट बाहिरिने मानिसहरूको संख्या ह्वात्तै बढेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, पछिल्लो २४ घण्टामा मात्रै ४३ हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका छन्।
