स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य
काठमाडौं – भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीहरूले आगजनी गरेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका हुन्।
