सेयर बजारमा तेस्रो सर्किट ब्रेक : आजको कारोबार बन्द

काठमाडौं : सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ। तेस्रो सर्किट ब्रेक लागेसँगै आजको दिनभरको कारोबार बन्द भएको छ। खुलेको २ मिनेटमै ४ प्रतिशतले  घटेपछि सेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो।

आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो। कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ।