कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
गुल्मी । तीन दिनको लगातार वर्षाका कारण कालीगण्डकी करिडोर सडकसहित गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । कालीगण्डकी करिडोरको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि गए रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
