३ मन्त्री सिफारिस, सपथ ११ बजे हुदैं
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उहाँले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।
