जेन जी समुहले प्रधानमन्त्री कार्कीको राजिनामा मागे

काठमाडौँ । जेन–जी समूहको नेतृत्व गर्दैै आएका जेन–वाई सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने जेन–वाई सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो ।