बस्नेतले भने माओवादीले मेरो घर जलाए
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो घर ध्वंस गर्नमा माओवादीको हात रहेको आरोप लगाएका छन् । यसमा स्वदेशी मात्र नभएर विदेशीहरु पनि संलग्न रहेको उनको दाबी छ ।
बस्नेतले आज आफ्नो सिन्धुपाल्चोकस्थित घरको भग्नावशेषमा केही मानिसहरु जम्मा गरेर निकै बेर भाषण सुनाए । आफ्नो घर ध्वस्त पारिएकोमा उनले कडा आक्रोश पोखे ।
