आगजनी र लुटपाट गरिएको धरान भाटभटेनीभित्र ३ जनाको शव भेटियो
विराटनगर । धरानमा रहेको भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ । जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले बताएको छ ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले धरान-१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो झोसेको थियो । भित्र तीनवटा शव जलेको अवस्थामा भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए ।
आगो निभेसँगै आएसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।
