सर्वसाधरणलाई आग्रह गर्दै प्रहरीले माग्यो आगजनी र लुटपाटका सबुद, भिडिओ र फोटोहरू पठाउन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर थुप्रै भौतिक संरचना ध्वस्त पारिए, नगद, गरगहना तथा जिन्सीको लुटपाट पनि उत्तिकै भए । के यस विषयमा अब कुनै अनुसन्धान र कारबाही हुँदैन ? भन्ने नेपाल प्रेसको प्रश्नमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरे परिस्थिति अझै अनुकूल नभएकाे भन्दै नयाँ सरकारको गठनलगत्तै त्यस्ता विषयमा प्रवेश गरिने बताउँछन् ।

हामी अहिले कार्यालय सरसफाई गर्ने र क्षति भएका संरचनालाई कामलाग्दो बनाउन व्यस्त छौँ’, उनले भने, ‘हामी काममा फर्किसकेका छौँ, उपयुक्त समयमा यहाँहरुलाई त्यस्ता सूचना पनि दिँदै जाने छौँ ।’

जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घरबाट लाखौँ रुपैयाँसहित ठूलो मात्रामा गरगहना लुटपाट भएका दृश्य सार्वजनिक भएका छन् ।