सामाजिक सञ्जाल दर्ता मात्र गराउन खोजिएको हो : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाललाई सरकारले ‘बन्द’ गर्न नभई दर्ता प्रक्रियामा ल्याउन मात्र खोजेको बताएका छन्।

हालै सरकारले सामाजिक सञ्जाल सूचीकृत गर्न थालेपछि जेनजीले सडक आन्दोलनको तयारीमा रहँदा ओलीले सरकारको कदमबारे प्रष्टिकरण दिएका हुन्।