सुनसरीको झुम्का कारागारमा तीन जना कैदीको मृत्यु
विराटनगर । सुनसरीको झुम्कास्थित कारागारमा तीन जना कैदी बन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीन जनाको मृत्यु भएको हो ।
कारागारमा दर्जन बढी यस्तै लक्षण भएका बिरामी छन् । कारागारमा रहेका १९ जनालाई उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना गरिएको छ । कारागार प्रशासनले सुरुमा ६ जनालाई उपचारका लागि पठाएकोमा स्वास्थ्यकर्मीको टोलीले बुधवार राति थप १३ जनालाई प्रतिष्ठान पठाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
