प्रधानमन्त्री ओली चीन भ्रमण सकाएर स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) समिट तथा विश्वयुद्धको ८० औं वर्षको विजयोत्सवका क्रममा आयोजित सैन्य परेडमा सहभागी हुन प्रधानमन्त्री सपत्नीसहितको टोली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिएका छन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराउँदै चीन सरकारले नेपालको विकासका लागि गर्दै आएको सहयोगका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई धन्यवाद दिएको उल्लेख गरे ।