लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदमा मनोनयन दर्ता गरे डिष्ट्रिक्ट आईका राजन लम्साल

लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सी पदका लागि लायन राजन लम्सालले मनोनयन दर्ता गरेका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन्स अन्तर्राष्ट्रिय एल सि आई एफ फाउण्डेशन एरिया लिडर रहेका लम्सालले अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीको पदका लागि आफ्नो उम्मेदवारी २०८२ साल वैशाख २४ गते दर्ता गरेका हुन् ।

लम्साल सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको सदस्य भई लायन्सवादमा आबद्ध भएका हुन् । २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिएका लम्सालले सन् २०१०–११ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर बनेका थिए । डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यस समयमा विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम गर्न सफल भएका थिए ।

उनी सन् २०११– १२ मा मल्टिपल काउन्सिल चेयर पर्सन हुँदा रि(डिष्ट्रिङ्गको प्रपोजल तयार पारी पारित समेत गराएका थिए । उनी सन् २०१२–१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सन, सन् २०१४–१७, २०१७–१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को–अर्डिनेटर, सन् २०१७–१९ स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, सन् २०१९–२२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को–अर्डिनेटर हुँदै लायन वर्ष २०२२–२३, २०२३–२४ र २०२४–२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तरता क्रियाशील भई नेतृत्व गरी रहेका छन् ।

नेपालमा अरु डिष्ट्रिक्टका लायन्स साथीहरुले पनि सो पदका लगि आकांक्षा राख्दै आउनुभएका लायन लिडरहरुलाई “तपाईंहरूको विश्वास र साथले मलाई यो यात्रामा थप सफल र प्रेरित बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु,” भनेर भिडियो मार्फत नेपालको सम्र्पुण लायनहरुलाई मत माग्नुभएको छ ।