ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो

७ वैशाख । काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा गरेको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।
शिक्षक कर्मचारीहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ ।