आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई भू-भागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।