जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएपछि चिडियाखाना अनिश्चितकालीन बन्द

काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाभित्रका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण देखापरेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गरेर चिडियाखानाभित्र बर्डफ्लु संक्रमण देखिएकोले शुक्रबारदेखि अर्काे सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द रहने जानकारी दिएको छ ।

कोषले सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै चिडियाखाना बन्द गरेको जनाएको  हाे ।