अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, ८ जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरे लगत्तै विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
