फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १ सय २९ जना घाइते

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, सारांगानी र जनरल सान्तोस सिटीसहित सोक्सस्कार्गेन क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको छ । बाँकी मृत्यु अन्य प्रभावित क्षेत्रबाट पुष्टि गरिएको हो ।

घाइतेहरूको सङ्ख्या १२९ पुगेको बताइएको छ । तीमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ । भूकम्पको धक्का महसुस भएपछि धेरै स्थानमा घर, भवन र पूर्वाधारमा क्षति पुगेको आशंका गरिएको छ ।