अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको रात्रिभोजमा गोली चल्याे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको रात्रिभोजमा गोली चलेको छ । राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा संवाददाताहरूसँग रात्रिभोजमा सहभागी भएका थिए । उक्त कार्यक्रम भइरहेको समयमा गोली चलेको हो ।
प्रहरीले गोली चलाउने सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ । रात्रिभोज चलिरहेको समयमा गोली चलेको आवाज आएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपति ट्रम्पलाई घेरा हालेर सुरक्षित रुपमा हलबाहिर निकालेका छन् ।
उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र प्रथम महिला बसेको स्थान बाहिर गोली चलेको थियो । त्यसलगत्तै उनीहरुलाई तुरुन्तै त्यहाँबाट बाहिर निकालिएको थियो।
