प्रधानमन्त्री दाबी गर्न कोही आएनन् – राष्ट्रपति कार्यालय

काठमाडौं । राष्ट्रपति कार्यालयले बिहीवार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दावी पेश नगरेको जनाएको छ ।

अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •